कार्त्तिक ८,
२०७७,काभ्रे/

काभ्रेमा आज थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका ७८ बर्षीय महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो संगै काभ्रेमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ७ जना महिला रहेका छन् ।

यस्तै आज जिल्लामा थप ३० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । संक्रमित हुनेमा बनेपा नगरपालिकाका ११ जना महिला र ७ जना पुरुष, पनौती नगरपालिकाका ४ जना महिला र ३ जना पुरुष, धुलिखेलका ३ पुरुष र १ महिला तथा पाँचखाल नगरपालिका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज २५ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

योसँगै काभ्रेमा कोरोना जितेर घर फर्कनेको संख्या ९४० पुगेको छ भने संक्रमितको संख्या १५ सय ११ पुगेको छ ।

Facebook Comments