मंसिर ४,
२०७७,काभ्रे/

काभ्रे जिल्लमा आज थप ५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये सबैभन्दा बढि बनेपा नगरपालिकाका २६ जना रहेका छन् । यसैगरी धुलिखेल नगरपालिकाका ११ जना, पनौती नगरपालिकाका ४ जना, पाँचखाल नगरपालिकाका ५ जना, मण्डनदेउपुर नगरपालिकाका २ जना र रोशी गाउँपालिकाका २ जना रहेका छन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको जम्मा संख्या २ हजार २९७ पुगेको छ । ति मध्ये ४६३ जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार ८०१ जना निको भएर घर फर्किएका छन् । जिल्लामा आज थप ३५ जना निको भएका छन् ।

यसैगरी काभ्रे जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ति मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिएका छन् ।

Facebook Comments