मंसिर १४,
२०७७,काभ्रे/

गायक तथा संगीतकार विशाल काल्तानको संगीतमा युनिक दोङ र जितु लोप्चनको स्वरमा ‘म्हाला आङा’ बोलको गित सार्वजनिक भएको छ ।

संचारकर्मी सिङ्ग मोक्तानको पहिलो शब्द रचना तामाङ दोहोरी गीत ‘म्हाला आङा’ हालै सुपर सेलो युट्यूव च्यानलमार्फत सर्वजनिक भएको हो ।

गायक युनिक दोङ र गायिका जितु लोप्चनले स्वर भरेको यो सांगीतिक कृति स्वयं गायक दोङले दर्शक स्रोता माझ पस्किएका हुन् ।

जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । सगु सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको भिडियो चाडैँ बजारमा ल्याउने तयारी भइरहेको गीतकार मोक्तानले जानकारी दिए ।

Facebook Comments Box