मंसिर २९,
२०७७,काभ्रे/

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर ¥याली निकालेका छन् । काभ्रे जिल्लामा पनि हजारौँको संख्यामा उपस्थित भएका कांग्रेस कार्यकर्ताहरुले बृहत ¥याली निकालिएको छ ।

गोदामचोक पार्टी कार्यलयबाट सुरु भएको ¥याली तीन दोबाटोमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई नेपाली कांग्रेसका पुर्व उपसभापती गोपालमान श्रेष्ठले सम्बोधन गरेका थिए । जिल्ला सचिव दिनेश लामाले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य द्वय बद्री पाण्डे, शिव हुमागाँई, जिल्ला सभापती मधु आर्चाय, जिल्ला उपसभापती द्वय अच्युत पौडेल र गोबिन्द बहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । नारामा ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार, ७० करोड कहाँ गयो, बाँस्कोटा कहाँ गयो जस्ता विषय समेटिएका छन् ।

Facebook Comments Box