पुस १,
२०७७,काभ्रे/

काभ्रेमा कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढेको छ । पछिल्लो २४ घण्टामा थप ३८ जना कोरोना भइरसका संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसँगै जिल्लामा भाईरस मुक्त हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ । यस्तै आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार थपिनेमा बनेपा नगरपालिका, पनौती र मण्डदेउपुरका २÷२ जना रहेका छन् । यस्तै धुलिखेलका १ जना रहेको कार्यलयले जनाएको छ । योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४५ पुगेको छ । ति मध्ये १ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा होम आइसोलेसनामा १ सय १ जना रहेका छन् जसमध्ये अस्पताल आइसोलेसनमा १३ जनारहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा कोरोना संक्रमणका कारण ४० जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box