Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चण्डेश्वरी र पलाञ्चोक जात्रा सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, जेष्ठ १२, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
चण्डेश्वरी र पलाञ्चोक जात्रा सम्पन्न

फाइल तस्बिर

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बनेपा र पाँचखालमा चण्डीपूर्णिमाका अवसरमा मनाइने ऐतिहासिक जात्रा सम्पन्न भएको छ । बर्सेनि चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने बनेपाको चण्डेश्वरी र पाँचखालको पलाञ्चोक जात्रा आज सम्पन्न भएका हुन् ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

करिब दुई हजार पाँच सय वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रामा चण्डेश्वरी देवीलाई ऐतिहासिक सहर बनेपामा रथारोहण गराइ गएराति मन्दिरमा लगेपछि जात्रा सम्पन्न भएको जात्राका जानकार एवं स्थानीय मनिष भोछिभोयाले बताउनुभयो । विशेष गरी स्थानीय नेवार समुदायले मनाउने यस जात्रा बनेपालीका लागि महान् चाड दसैँ जस्तै लाग्ने उहाँको भनाइ छ । जात्राको पहिलो दिन बुधबार साँझ हनुमान ढोकाबाट ल्याइएको तरबार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिङ्ग देवताहरुलाई १२ वटा बोका बलि दिइ ‘सरकारी पूजा’ गरेपछि औपचारिकरुपमा जात्रा सुरु भएको थियो ।

“भोलिपल्ट बिहानै हजारौँ स्थानीयको सहभागितामा मत पूजा (चिराग यात्रा)गरिएको थियो । सोही दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याएका थिए”, भोछिभोयाले भन्नुभयो । उहाँका अनुसार तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराइ देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।

खटलाई मन्दिर नजिक पुरयाएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउने परम्परा रहेको स्थानीय भोछिभोयाले जानकारी दिनुभयो । तेस्रो दिन साँझ लायकु भन्ने स्थानबाट वकुटोल हुँदै मूर्तिलाई सानो खटमा राखेर पुनःचण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने उहाँको भनाइ छ ।

त्यसअघि ‘कलंदान’ (बली दिएका बोकाको मासु फ्याँक्ने) गरिएको थियो । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने भोछिभोयाले बताउनुभयो । उहाँका अनुसार बुढापाकाले टोलटोलमा बसी बिहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको घुइँचो हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका भन्दै यसअवसरमा ‘मागेको पुग्ने’ जनविश्वास रहेको भोछिभोयाले बताउनुभयो । सरकारको तर्फबाटसमेत पूजा गरिने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपालीले गर्व गर्ने उहाँको भनाइ छ ।

चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजबाहकलगायत सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिने गरिएको स्थानीय एवम् जात्राका जानकार भोछिभोयाले बताउनुभयो । “धार्मिक कथन एवम् किंवदन्ती अनुसार करिब २५ सय वर्ष अगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीकारुपमा प्रकट भइ चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माइको जात्रा मनाइँदै आइएको हो”, उहाँले भन्नुभयो ।

ऐतिहासिक एवम् आस्थाकी देवी काभ्रेपलाञ्चोकको पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णिमाका अवसरमा लागेको ठूलो मेला सम्पन्न भएको छ । नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरका रुपमा परिचित पलाञ्चोक भगवतीको मन्दिर वि.सं.४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापना भएको जानकार बताउँछन् ।

भगवती मन्दिरमा परम्परा तथा संस्कृतिको संरक्षणार्थ प्रत्येक वर्ष जात्रा मनाइँदै आइएको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले बताउनुभयो । दर्शनार्थी तथा भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यस वर्ष पनि जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । जात्राको पहिलो दिन (चण्डीपूर्णिमा)को अघिल्लो दिन अर्थात बिहीबार साँझमा बत्ती बाल्ने, दोस्रो दिन (मुख्य दिन) पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गरिएको मन्दिरका पुजारी बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार चण्डीपूर्णिमा र वडादसैँमा एकादशीको दिन रथ बनाइ मन्दिर घुमाउने परम्परा रहिआएको छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५६ वर्ष पहिले अर्थात इस्वी संवत् ४२५ सालमा निर्माण भएको शिलालेखबाट प्रमाणित भएको थियो । पलाञ्चोक भगवतीलाई ‘भगवतीको जेठी दिदी’का रुपमासमेत चिनिने गरिएको छ । –रासस

Previous Post

धुलिखेल–खावा सडक खण्ड भोलि पनि बन्द रहने

Next Post

धुलिखेल–खावा सडक आजपनि बन्द, यी हुन् बैकल्पिक मार्ग

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

असोज १ देखि काठमाडौंको सार्वजनिक स्थानमा धूमपान नगर्न कामपाको निर्देशन

असोज १ देखि काठमाडौंको सार्वजनिक स्थानमा धूमपान नगर्न कामपाको निर्देशन

बिहिबार, भदौ ३०, २०७९
प्रधान्याध्यापक सर्राफको हत्यामा प्रेमीकाको ब्वाइफ्रेण्डको संलग्नता

प्रधान्याध्यापक सर्राफको हत्यामा प्रेमीकाको ब्वाइफ्रेण्डको संलग्नता

मङ्लबार, कार्तिक १४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.