पुस २०,
२०७७,काभ्रे/

जिल्लामा आज एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार संक्रमित पुरुष मण्डनदेउपुर नगरपालिकाका हुन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ७२ पुगेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । यस्तै जिल्लामा आज १८ जना कोरोना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएका छन् । कुल संक्रमित संख्यामध्ये ३ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले ९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा ४४ जनाको कोरोना संक्रमणकाका कारण मृत्यु भईसकेको छ ।

Facebook Comments