पुस २७,
२०७७,काभ्रे/

रोशी गाउँपालिका वडा नं ४ महादेवटारमा रहेको जोगेश्वर माद्यामिक विद्यालयका २ सय ११ जना विद्यार्थीहरुको लागि झोला वितरण गरिएको छ । सोहि वडाको सानी खोला लेम्बाबेसी युथ क्लबको सहयोगमा उक्त झोला वितरण गरिएको प्रधानाध्यापक अम्बिका प्रसाद दाहालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व संबिधान सभा सदस्य तिर्थ लामाले राम्रो कामको थालनि गरेकोमा क्लवलाई धन्यवाद दिँदै विद्यार्थीहरुको शैक्षिक यात्राको शुभकामना दिए । यस्तै युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष अमित लामाले विद्यार्थीहरुको उज्वल भविश्यको कामना गर्दै यस्तो कार्यमा आफ्नो पुर्ण समर्थन रहेको बताए । क्लबका अध्यक्ष निर्मल लामाले यस्ता खालका शैक्षिक गतिबिधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्नो ठाउँको विकास आफैबाट हुनुपर्ने बताएका थिए । हातमा नयाँ झोला पाएसँगै विद्यार्थीको मुहारमा पनि खुसी छाएको थियो ।

Facebook Comments Box