
माघ ६,
२०७७,काभ्रे/
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ८, किर्दास मा करीब ४ सय वर्ष अघि देखिको माने र्ममत सम्भार गर्न स्थानियहरुले आर्थिका सहयोग गरेका छन् ।
४ सय बर्ष अघि थोकर बंसले स्थापना गरेको उक्त माने अहिले जिर्ण छ । त्यसको निर्माणार्थ अहिले करीब १ लाख रुपौँया उठेको उपभोक्ता समितिका सदस्य जयमान लामाले जानकारी दिए । समितिको अघिल्लो बैठकबाट माने बनाउनको निमित्त ५९ घर धुरीले ५ हजार रुपौँयाको दरले सहयोग उपलब्ध गराउनु पर्ने निर्णय गरेको थियो । जस अनुरुप आज सम्म १७ घर घुरीले रकम उपलब्ध गराएको सदस्य लामाले जानकारी दिए ।
उनका अनुसार रकम उपलब्ध गराउनेमा बिराज लामा (तोयाङ), मिन बहादुर लामा (मायाङ), खम्बा सिं लामा (गोठेम्हे), युक्र ध्वज लामा (तोङग्या), प्रेम बहादुर लामा (ह्वारा घाङ), पदम बहादुर लामा (कुनीम्हे), गुमान सिं लामा (गोठेम्हे), धनबहादुर लामा आले (तोङग्या), साईला लामा (ग्याम्दी), सञ्जय लामा (मायाङ), पुर्ण लामा (तिल्घाङ), मान दास च्याङबा (तोङग्या), सिद्धि कुमार लामा (तिल्घाङ) ले रु ५/५ हजार सहयोग गरेका छन् भने अर्थमान लामा (दिल्सार) ले ५ हजार ५०, माईला लामा (ग्याम्दी) ले ६ हजार, हरी तामाङ (छार) ले १० हजार र जयमान लामा (लेम्बुवा) ले १५ हजार रुपौँया सहयोग गरेका छन् ।
अहिले उक्त रकमबाट निर्माण सामग्री खरीद प्रक्रियामा रहेको र छिट्टै निर्माण गर्ने गरी काम भईरहेको समितिका सदस्य जयमान लामाले जानकारी दिए ।