फाईल फोटो

माघ २१,
२०७७,काभ्रे/

नेकपा प्रचण्ड–नेपाल समूह काभ्रेले आज साँझ बनेपामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुसमा नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबाहदुर वाइवा, बागमती प्रदेश सांसद लक्ष्यमण लम्साल, विद्यार्थी नेता दिपक गौतम, युवा संघ केन्द्रीय सदस्य भेषराज शाह लगायतको उपस्थिति थियो ।

नेता र कार्यकर्ताको उपस्थितिमा बनेपाको चादनिचोकबाट चार दोबाटोसम्म मसाल निकालिएको थियो । मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको छ ।

Facebook Comments Box