फागुन १,
२०७७,काभ्रे
/
देशभर दोश्रो चराण्को खोप अभियान भोलीबाट संचालन हुँदै छ । काभ्रे जिल्लामा पनि सम्पुर्ण तयारी पुरा भईसकेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।
उनका अनुसार भोली २ गते देखि फागुन ७ गते अर्थात ६ दिन सम्म विहान ९ बजे देखि दिउसो ३ बजेसम्म जिल्लाको धुलिखेल अस्पताल र मेथिन्कोट अस्पतालमा नेपाल सरकारको निर्णय अनुसार लक्षित समुहमा परेका ब्यत्तिहरुले खोप लगाउन सक्नेछन् । खोप लगाउन आउँदा भने आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने डा. झाले बताए ।
सरकारले पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका ब्यत्तिहरु, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, बैकमा कार्यरत कर्मचारीहरु, नेपाल प्रहरी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी, संचारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यत्तिहरुलाई खोप लगाउँदै छ ।
स्वास्थ्य कार्यलय काभ्रेले भने हरेक कार्यालयले आफ्नो कार्यालयमा कार्यरत २० प्रतिशत कर्मचारीहरुलाई दैनिक खोप लगाउने ब्यवस्था मिलाउनु अनुरोध गरेका छन् ।
जिल्लाको मेथिन्कोट अस्पतालमा नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकाका लक्षित समुहका ब्यक्तिहरु तथा धुलिखेल अस्पतालमा बाँकी पालिकालाई कार्य क्षेत्र बनाउने लक्षित समुहका ब्यक्तिहरुलाई खोप लगाईनेछ ।

Facebook Comments Box