फागुन १०,
२०७७,काभ्रे/

नमोबुद्धमा करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा नगरपालिका सभाहलमा स्थानीय ब्यवसायी र आन्तरिक राजस्व कार्यालय धुलिखेलको बिच अन्तर्क्रिया भएको हो ।

संघका अध्यक्ष बसु नारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख कर अधिकृत कमल बहादुर राज वलत र कर अधिकृत प्रभा ढुंगानाले सरल भाषामा व्यवसायीहरुले बुझिने गरि प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीहरुलाई गुर्जो चिया पिलाउनुका साथै गुर्जो धुलोको पाकेट समेत निशुल्क बितरण गरिएको थियो ।

अन्तर्क्रियामा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, प्रशासकीय अधिकृत बिनोद रसाइलीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box