फागुन १८,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ का दुई विद्यालय श्री भुमिमाता मा. वि. र श्री गणेश आधारभूत विध्यालयमा संचालित २ दिने निःशुल्क स्वास्थ शिविरमा ५ सय ५० जनाले सेवा लिएका छन् ।

अफ्रिका एशिया डेस्टिच्युट रिलिफ फाउण्डेशन नेपालको आयोजनामा बाबो नानुम फाउण्डेशन कोरियाको अर्थिक सहयोग, बेथानचोक गाउँपालिकाको समन्वय तथा लायन्स क्लब अफ पनौती, प्रिमियर डेन्टल, श्री भुमिमाता मावि र श्री गणेश आधारभूत विद्यालयको सहयोगमा उक्त शिविर सञ्चालन भएको हो ।

स्वास्थ शिविरमा विद्यालयका विद्यार्थी र उनीहरुका अभिभावकहरुको नोर्विक इन्टरनेशनल अस्पतालको वरिष्ट डाक्टरहरुले स्वास्थ जाँच गरेको प्रोजेक्ट म्यानेजर प्रकाश धमलाले जानकारी दिए । निःशुल्क स्वास्थ्य शिविरमा दन्त सेवा र आँखा परिक्षण गरिएको थियो । कोभिड १९ को महामारीको समयमा पनि समुदायका ब्यक्तिहरु तथा बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधि वितरण गरेको यस संस्था विगत ९ बर्ष देखि काभ्रेका विभिन्न विद्यालयहरुका बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाले दिवा खाजा, विपन्न विद्यार्थीहरुको लागि छात्रवृतिका कार्यक्रमहरु, शैक्षिक सामाग्री वितरण, पुस्तकालय सहयोग लगायतका कार्य गर्दै आएको प्रोजेक्ट म्यानेजर धमलाले जानकारी दिए ।

Facebook Comments Box