फागुन २३,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको रोशी गाउँपालिकाका ३ वडाबाट आज सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रम अन्तर्गत १ सय २० जनाले खोप लगाएका छन् । सरकारले दोश्रो चरणको कोरोना विरुद्धको खोप कार्यक्रम आज (आईतबार) बाट देशैभर सुरु गरे सँगै रोशी गाउँपालिकाका १, २ र ३ नं वडाका नागरिकले खोप लगाएको रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए ।

रोशी अस्थाई अस्पताल खहरेपाँगुमा आज भएको खोप कार्यक्रमको गाउँपालिका अध्यक्ष डि.बि. लामाले उद्घाटन गरेका हुन् । सरकारले दोश्रो चरणको खोप अभियानमा ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, वडा नं १, २ र ३ का अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments Box