चैत्र २,
२०७७,काभ्रे/

जिल्लामा आयोजित बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा काभ्रे कराते एकेडेमी विजयी भएको छ । काभ्रे कराँते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराँते सङ्घ, काभ्रेको संयोजनमा यहि चैत्र १ र २ गते भएको प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गरेका थिए । समापनमा आज (सोमबार) नेपाल सितोरियो कराते डो संघका केन्द्रीय अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा काभ्रे कराते एकेडेमीले ७ स्वर्ण, १ रजत र ३ कास्यँ पदक जित्दै प्रथम भएको छ । ४ स्वर्ण, ४ रजत, २ कास्यँका साथ काठमाण्डौँ दोश्रो भएको छ । यस्तै १ स्वर्ण, २ रजत र ६ कास्यँ पदक जित्दै भक्तपुर जिल्ला तेश्रो हुन सफल भएको छ ।

त्यस्तै बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा महिला ४० के.जी. तर्फ इशा वाइबा (काभ्रे) प्रथम, महिला ४५ के.जी. तर्फ इशा श्रेष्ठ (काभ्रे) प्रथम, महिला ५० के.जी तर्फ एलिसा तामाङ्ग (काठमाण्डौँ) प्रथम, महिला ५५ के.जी. तर्फ सुस्मीता वाइबा (काभ्रे) प्रथम, महिला ६१ के.जीे तर्फ रोजिता ढुङ्गेल (दोलखा) प्रथम, महिला ६१ के.जी. माथि विनिता श्रेष्ठ (काभ्रे) प्रथम हुन सफल भएका छन् ।

त्यसैगरी पुरुष ४५ के.जी तर्फ मनिष पुलामी मगर (काभ्रे) प्रथम, पुरुष ५० के.जी तर्फ साजन मोक्तान (काभ्रे) प्रथम, पुरुष ५५ के.जी तर्फ सुविन खत्री (काठमाण्डौँ) प्रथम, पुरुष ६० के.जी तर्फ एलोन श्रेष्ठ (काभ्रे) प्रथम, पुरुष ६७ के.जी तर्फ रोशन बलामी (काठमाण्डौँ) प्रथम, पुरुष ७५ के.जी तर्फ दिनेश नेपाली (नुवाकोट) प्रथम भए भने ७५ के.जी माथि पुरुष तर्फ आशिष थापा (काठमाण्डौँ) प्रथम हुन सफल भएका छन् । महिला एकल काता तर्फ शर्मिला श्रेष्ठ (काभ्रे) प्रथम भईन भने पुरुष एकल तर्फ सिरिस श्रेष्ठ (भक्तपुर) विजय बनेका छन् ।
त्यस्तै उक्त प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी एलिसा तामाङ्ग (काठमाण्डौँ), उत्कृट पुरुष खेलाडी साजन लामा (काभ्रे), उदयमान खेलाडी इशा श्रेष्ठ (काभ्रे) सवोत्कृष्ट पिसमार्च मकवानपुर जिल्ला र अनुशासीत टिम धादिङ जिल्ला छनोट भएका छन् ।

ऐतिहासिक एवं सांस्कृतिक सहर बनेपा नगरपालिका लाई केन्द्र बनाई खेलकुद प्रेमी युवाहरूको सक्रियतामा गरिएको प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको नेपाल सितोरियो कराँते सङ्घ, काभ्रेका अध्यक्ष प्रताप वैद्यले जानकारी दिए । प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका २ सय १० जना खेलाडीहरू सहभागी भएको आयोजक एकेडेमीका अध्यक्ष कुवेर मानन्धरले जानकारी दिए ।

Facebook Comments Box