चैत्र ६,
२०७७,काभ्रे/

रेयुकाई मासुनागा आँखा अस्पतालले गरेको निःशुल्क आँखा शिविरमा भेटिएका मध्ये १ सय २१ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । उनिहरुको भकुण्डेबेसी स्थित रेयुकाई मासुनागा आँखा अस्पतालको सेवा केन्द्रमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

रेयुकाई आँखा अस्पताल बनेपाको प्राबिधिक सहयोगमा नमोबुद्ध नगरपालिका, लियो तथा लाइन्स क्लब अफ काठमाडौ टेम्पल चन्डेश्वरीको आयोजना साथै काभ्रेपलान्चोक च्याम्बर अफ कमर्सको सह आयोजनामा नमोबुद्ध नगरपालिकाको विभिन्न सात स्थानमा शिविर संचालन गरिएको थियो ।

भकुण्डेबेशी सेवा केन्द्रमा पहिलोपटक यति धेरै बिरामीको एकैपटक मोतियाविन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार पहिलो दिन ५२ जना र दोस्रो दिन ६९ जनाको शल्यक्रिया गरिएको छ ।
नगरका विभिन्न स्थानमा आयोजना गरिएको शिविरमा १२७० जनाको परिक्षण र उपचार गरिएकोमा बाट १ सय ७४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । दुई दिनसम्मको शिविरमा शल्यक्रिया गर्न नगएका बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा पुगेर निःशुल्क शल्यक्रिया गराउनसक्नेछन् ।

शल्यक्रिया कार्यक्रममा नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, नमोबुद्ध चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष विदुर बर्तौला लगायतको टोलिले अनुगमन गरेका थिए ।

Facebook Comments Box