चैत्र १२,
२०७७,रामेछाप/

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले रामेछाप जिल्लाभित्र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले निर्देशन दिएको छ ।

नागरिकहरुलाइ अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सभा सम्मेलन लगायतका भिडभाड हुने गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले मास्क नलगाउनेलाई संक्रमण रोग ऐन अन्तर्गत कारवाही गर्ने समेत चेतावनी दिएको हो ।
जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापको पदाधिकारी सहित सरोकारवाला पक्षसँग भएको बैठकले छिमेकी देश भारतमा थप कोरोना संक्रमण अहिले बढदै गएकाले जिल्लाभित्र थप सुरक्षा सतर्कता अपनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचेन सैजूद्धारा जारी विज्ञप्तीमा भनिएको छ, जिल्लाभित्र कोरोना संक्रमणलाई मध्यनजर गरी सभा जुलुस र्याली, भेला जमघट गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने कार्य नगर्नुहोला । विज्ञप्तीमा जिल्लाभित्र रहेको क्वारेन्टिन, आइसोलेसनलाई तयारी अवस्थामा राखेर स्वास्थ्य केन्द्रबाट प्रभावकारी रुपमा सेवा प्रवाह गर्न पनि आग्रह गरिएको छ ।

Facebook Comments Box