चैत्र १७,
२०७७,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष सरिता लामिछानेले गाउँपालिकामा संचालित विभिन्न विकास निर्माण कामको अनुगमन गरेकि छिन् । गाउँपालिकाको अनुगमन समिति संयोजक समेत रहेकि उपाध्यक्ष लामिछानेले बेथानचोक–६ भुग्देउ स्थित निर्माणाधीन महान्काल मन्दिर, एडीबीको लगानीमा निर्माण भइरहेको सरस्वती माध्यमिक विद्यालयको अनुगमन साथै वडा नं ६ मा निर्माणधिन वडा कार्यालयको कामकारबाही बारेमा जानकारी समेत लिएको सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिए ।

भुग्देउको वडा कार्यालयको प्राङ्गणसंगै रहेको महान्काल मन्दिरको यसै बर्ष वडास्तरिय योजना अन्तर्गत पाँचलाख साथै अन्य स्रोत समेत जुटाएर निर्माण भइरहेको छ । उक्त महान्काल मन्दिर निर्माण कार्य यसै बर्ष सम्पन्न गरिने गरि योजना बनाइएको वडा अध्यक्ष विस्णु तामाङले जानकारी दिए ।

उपाध्यक्ष लामिछानेले मन्दिर लगाएत सरस्वती माध्यमिक विद्यालय भवनको निर्माण कार्यको गुणस्तरीयताका लागि गाउँपालिका स्तरबाट नियमित अनुगमन गरिएको र वडाले पनि निर्माणका क्रममा प्राबिधिक सहायताको लागि प्राविधिक इन्जिनियर खटाइ गुणस्तरीय तवरले नै निर्माण सम्पन्न गर्न सहयोग पुराउनु पर्नेमा जोड दिईन् । उनले समयसिमा भित्रै भुग्देउमा सञ्चालीत बिकास निर्माणका कार्यहरु सन्तोषजनक ढंगमा जनअपेक्षा अनुसार सम्पन्न हुने आसा समेत व्यक्त गरीन् ।

उपाध्यक्ष लामिछानेले भुग्देउका आयोजनाहरुको अनुगमन पछि गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट संचालित कार्यक्रममा सहभागी महिला दिदिबहिनीहरु सँग अन्तर्कृया तथा छलफल समेत गरेकि थिईन् । समाज बिकास सक्रिय भएर लाग्न प्रेरित गर्दै उपाध्यक्ष लामिछानेले जस्तोसुकै चुनौतीहरुलाइ पनि महिलाहरुले हटेर हैन डटेर अगाडि बढ्न सुझाव दिईन् । समग्र महिलाहरुको हकहित, क्षमता वृद्धि बिकासका लागी गाउँपालिकाले सदैब सहयोगी भुमिका खेल्ने र उधमी बनाउन समेत विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा रहेको बताईन् ।

Facebook Comments Box