चैत्र २२,
२०७७,काभ्रे/

नेपाल राष्ट्रिय शिक्षक संगठन रोशी गाउँपालिकाको दोस्रो अधिवेशनबाट तिर्थराज लामा अध्यक्ष पदमा निर्बाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट लामाको अध्यक्षतामा २० सदस्य कार्यसमिति निर्माण गरिएको छ ।

जसको महिला उपाध्यक्षमा संगिता नेपाल, उपाध्यक्षमा कुमार बोहोरा, सचिवमा प्रविन कोईराला, कोषध्यक्षमा फुर्साङ दोर्जे लामा, सहसचिवमा जेनी लामा, सह कोषाध्यक्षमा कुमारी चौलागाँई चयन भएका छन् ।

यस्तै सदस्यहरुमा दशरथ मगर, रत्न लामा, नोक लामा, विशाल लामा, राजाराम शाहि, शारदा सापकोटा, शविता थापा मगर छन् । यस्तै महिला सदस्यमा सुन्दरी लामा, अर्पना लामा, निर्मला अधिकारी, मेनुका हुमागाँई रहेका छन् । भने निजि बिद्यालयबाट शिव प्रसाद न्यौपाने सदस्य पदमा चयन भएका छन् ।

Facebook Comments Box