बैशाख २,
२०७८,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लाको पनौती ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., ले धुलिखेलमा सेवाकेन्द्रको शुभारम्भ गरेको छ । यो सँगै सामुदायिकले ११ ठाउँबाट सेवा दिन सुरु गरेको छ ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जुले रिवन काटेर धुलिखेल सेवा केन्द्रको उद्घाटन गरेका थिए । उनले सेवाकेन्द्रको पूर्ण सफलताको कामना सहित तीन खम्वे अर्थनीतिमा सहकारीको भुमिका, छरिएर रहेका पूँजी एकीकृत गरि समाज र राष्ट्र निर्माणका लागि आवश्यक पूँजि निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव जीवसरोज खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिलिप शर्मा, संस्थाका पूर्व अध्यक्ष एवं परामर्शदाता दिपक थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, धुलिखेल नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बिनोद पराजुली लगायतले नेपालको सहकारी अभियान र सुरुवातको चर्चा गरेका थिए ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराले संस्थाको कार्यक्रमहरु आगामि कार्यदिशा माथि प्रकाश पारेका थिए । संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेको कार्यक्रममा संस्थाका तर्फवाट संचालक सदस्यहरु जमुना सापकोटा, मुकुन्द प्रसाद अर्याल, कृष्ण थापा र लेखा सुपरिवेक्षण समिति सदस्य मिना श्रेष्ठ, विभागिय प्रमुखहरु, सेवाकेन्द्र प्रमुखहरु लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । काभ्रेपलाञ्चोक, काठमाडौ, भक्तपुर र ललितपुर गरि चार जिल्ला कार्यक्षेत्र रहेको उक्त सहकारीमा २९ हजार शेयर सदस्य आवद्ध रहेका छन ।

Facebook Comments Box