बैशाख ५,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा नेपाल सरकार राष्ट्रिय जनगणना २०७८ को स्थानीय कार्यालय स्थपना गरिएको छ । उक्त कार्यलय रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा राखिएको हो ।

उक्त कार्यलयबाट जिल्लाको ३ वटा गाउँपालिका समेटिने छ । जसमा रोशी गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका छन् ।

तिन गाउँपालिकाको संयुक्त कार्यालय २०७८ वैशाख १ गतेबाट स्थापना गरिएको प्रशासन अधिकृत धनवीर लामाले जानकारी दिए ।

Facebook Comments Box