Sunday, June 14, 2026
Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अनर्गल प्रचार विरुद्ध मन्त्री लामाले दिए प्रेस काउन्सिलमा उजुरी

RadioRoshi by RadioRoshi
आइतवार, भदौ ३१, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
अनर्गल प्रचार विरुद्ध मन्त्री लामाले दिए प्रेस काउन्सिलमा उजुरी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आफ्ना विरुद्ध सञ्चारमाध्यममा अनर्गल प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले प्रेस काउन्सिलमा उजुरी दिनुभएको छ । २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भएपछि उनी ती सञ्चारमाध्यमविरुद्ध काउन्सिल पुग्नुभएको हो ।
आज (आइतबार) दर्ता भएको उजुरीमा कामना प्रकाशन प्रालिको अनलाइन संस्करण न्यूज अफ नेपाल डटकममा पत्रकार मोतिराम तिमल्सिनाको बाइलाइनमा प्रकाशित मलद्वारमा लुकाइ ल्याएको ‘सुन’ले काभ्रे कांग्रेसमा खैलाबैला भन्ने शीर्षकको समाचारले व्यक्तिगत मानमर्दन र चरित्रहत्या गर्ने काम भएको उल्लेख छ ।
सोही सञ्चार संस्थाको मिति २०८० भाद्र ३१ गते प्रकाशित नेपाल समाचार पत्रको प्रथम पृष्ठमा मलद्वारको ‘सुन’ले प्रदेश मन्त्री संकटमा भन्ने शीर्षकको समाचार पनि निराधार, तथ्यहीन र अनर्गल प्रचार गर्ने उद्देश्यका साथ प्रकाशित भएको मन्त्री लामाले बताउनुभयो ।
२०८० भदौ २९ गते नेपाल प्रेस डटकममा पनि ‘मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा मन्त्री तीर्थ लामा नै जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार, बाग्मती प्रदेशका मन्त्री तथा काभ्रे कांग्रेसका सभापति तीर्थ लामाको सुन तस्करी गिरोहसँग कनेक्सन पुष्टि, पक्राउ परेकाबारे माओवादी सांसद सूर्यमान दोङको चासो’ भन्ने शीर्षकमा पनि अनर्गल र तथ्यहीन समाचार प्रकाशित भएकोले उक्त समाचारहरुले पत्रकार आचारसंहिताको समेत उल्लंघन गरेकोले प्रेस काउन्सिलले गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कार्वाही गराउन र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न पनि मन्त्री लामाले माग गर्नुभएको छ ।
‘कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्ति जारी गर्नुभएको थियो । मन्त्री लामाले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा आफू दृढ रहेको उल्लेख गर्दैै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध गर्नुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभापतिको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पु¥याउने दुषित मनसायका साथ प्रकाशित झुठा र आधारहीन समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे घोर भत्र्सना, निन्दा एवं खण्डन गर्दै उक्त झुठा समाचारको कारण कुनै भ्रममा नपर्नु हुन सम्पूर्ण जनसमुदाय समक्ष अनुरोध गरिएको छ । नेपाली कांग्रेस काभ्रेले उक्त घटना उपर छानविन एवं अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दै प्रकृयामा सहयोग गर्न नेपाली कांग्रेस काभ्रे प्रतिबद्ध रहेको जनाएको छ ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

Previous Post

पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनका लागि तीजको सबै तयारी पूरा

Next Post

‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा

‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारका लागि त्रिपक्षीय सम्झौता

रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारका लागि त्रिपक्षीय सम्झौता

मङ्लबार, पुस २३, २०८१
तेमाल गाउँ सभाको १२औं अधिवेशन सम्पन्न, यी हुन् गाउँपालिकाको ६ महिने उपलब्धीहरु

तेमाल गाउँ सभाको १२औं अधिवेशन सम्पन्न, यी हुन् गाउँपालिकाको ६ महिने उपलब्धीहरु

बिहिबार, माघ २६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.