बैशाख २२,
२०७८,रामेछाप/

स्वास्थ्यमा गम्भीर समस्या आएपछि जिल्ला अस्पतालको आइसोलेसनमा बसेको दुईजना सङ्क्रमितलाई काठमाडौं पठाइएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन स्वास्थ्यमा गम्भीर समस्या आएका रामेछाप नगरपालिका वडा नं ४ का ४० वर्षका पुरुष र मन्थली नगरपालिका वडा नं ८ चिसापानीका एक पुरुषलाई थप उपचारका लागी काठमाडौ पठाईएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार मङ्गलबारसम्म जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २७३ जना पुगेको छ । यसमध्ये २२६ जना निको भएर डिस्चार्ज भइसकेका छन् । रामेछाप जिल्लामा ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये अधिकांश होम आइसोलेसनमै बसेका छन् ।

Facebook Comments Box