बैशाख २९,
२०७८,काभ्रे/

जिल्लामा आज बुधबार थप १४६ जनामा कोरोना भाईरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार आज २६ जना निको भएका छन् । धुलिखेल अस्पतालमा उपचार गराईरहेका मध्ये थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै जिल्ला बाहिरका छन् । डा. झाका अनुसार भक्तपुरका ५४ बर्षीय पुरुष, काठमाडौँका ६० बर्षीय पुरूष, धनगढीका ८० बर्षीय पुरूष र ललितपुरकी ५२ वर्षिय महिला छन् । उनिहरुको धुलिखेल अस्पतालमा मृतयु भएको हो ।

यस्तै जिल्लाम आज थपिएका १ सय ४६ संक्रमित मध्येसबैभन्दा बढी धुलिखेल नगरपालिकाका २३ जना पुरुष र १७ जना महिला, बनेपा नगरपालिकाका २२ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यसैगरि पनौती नगरपालिकाका १७ जना महिला र १४ जना पुरुष, पाँचखाल नगरपालिकाका ११ जना महिला र ९ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाका ८ जना पुरुष र ३ जना महिला, नमोबुद्ध नगरपालिकाका महिला र पुरुष ३÷३ जना, तेमाल गाउँपालिकाका २ जना पुरुष र रोशी गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।

योसँगै जिल्लामा संक्रमितको संख्या १५ सय १८ पुगेको छ । जसमा ४८ जना अस्पतालको आईसोलेसनमा र १४ सय ७० जना कोरोना संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

Facebook Comments Box