जेठ ६,
२०७८,काभ्रे/

कोरोना भाईरसको उपचार, रोकथाम तथा नियन्त्रणका लागि आफु खुशी रकम संकलन गर्नेलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले कारवाही गर्ने चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । कुनै पनि संस्था, समूह वा संगठनले कोरोना भाईरसको नाममा आफु खुशी पैसा उठाउन नपाईने भन्दै त्यस्ता कार्य कसैले गरेको पाईए कारबाही हुने बताइएको छ ।

प्रशासन कार्यालयले ब्यक्तिगत रुपमा सहयोग गर्न चाहानेलाई नेपाल सरकारले सिंहदरबार स्थित राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गर्न पनि भनेको छ ।

Facebook Comments Box