Monday, February 9, 2026
Date
सोम, माघ २७, २०८२
Mon, February 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका बन्यो बेथानचोक

RadioRoshi by RadioRoshi
बिहिबार, असार १४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका बन्यो  बेथानचोक
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेको बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा भएको छ । हिजो (बुधबार) गाउँपालिकाको सभाहलमा आयोजित एक समारोह बीच बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्नु भएको हो ।यससँगै बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने काभ्रेको पहिलो स्थानीय तह भएको छ । सो घोषणा सभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बागमती प्रदेशसभा सदस्य बादे समक्ष अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्न प्रस्ताव पेश गर्नु भएको थियो । प्रस्ताव–पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिकाका ६ वटै वडा कार्यालयमार्फत ४ हजार १ सय ७७ घरधुरीमा बालबालिकाहरुको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पुरा भई तेह्र वर्ष उमेर पुरा नभएका पाँच जना बालक र दुई जना बालिका विद्यालय बाहिर रहेको भेटिएको र उहाँहरुलाई स्थानीय विद्यालयमा भर्ना गरिएकोले गाउँ शिक्षा समितिको मिति २०८० असार १२ गतेको निर्णयानुसार आज मिति २०८० साल असार १३ गते बुधबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन बेथानचोक घोषणा गर्न बागमती प्रदेशसभा सदस्य माननीय कञ्चनचन्द्र बादे श्रेष्ठज्यू समक्ष प्रस्ताव पेश गर्दछु ।” घोषणा सभालाई सम्बोधन गर्दै प्रदेश सभासदस्य बादेले शिक्षामा गरिएको लगानीको प्रतिफल तुरुन्तै प्राप्त नहुने बताउनु भयो । उहाँले शिक्षाको लगानी खोज्न कम्तिमा आधा दशक पर्खिनु पर्ने बताउँदै शिक्षकहरुले शिक्षा प्रदान गर्ने सवालमा कुनै सम्झौता नगरी नतिजा निकाल्न आग्रह गर्नु भयो । सक्षम जनशक्ति उत्पादनमा सामुदायिक विद्यालय अग्रभागमा रहेको बताउँदै उहाँले शिक्षकहरुले अल्छी गर्न नहुने तर्क राख्नु भयो । उहाँले राज्यले नीतिगत रुपमा विद्यालयस्तरको शिक्षालाई अनिवार्य गरेकोले यसलाई मुर्त रुप दिन आफूहरुले संविधान निर्माणका क्रममा गरेको कार्यहरुको स्मरण गराउनु भयो । अनिवार्य शिक्षालाई संविधानको मौलिक हकले व्यवस्था गरेकोले अभिभावकले समय समयमा विद्यालय पुगेर बालबालिकाको प्रगति विवरण लिन पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षामा दीर्घकालिन लक्ष्य लिएर एक घर एक ग्राज्युयट, एक घर एक प्राविधिकको अवधारणा लिएर स्थानीय तहले शिक्षामा लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधान अनुरुप आफूहरुले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन बेथानचोक घोषणा गर्न कार्य गरेको बताउनु भयो । उहाँले गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्न सहयोग पु¥याउनु हुने मेन्टर, गणक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, जनप्रतिनिधि सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गरिएको, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य) लाईसमेत परिचालन गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो । त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र गाउँपालिकाले समेत गर्दै बालबालिकाको खोजी गर्ने, तथ्याङ्क ‘क्रस भेरिफाइ’ गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराउने अभियान लिएर कार्य गरेको बताउनु भयो । अध्यक्ष अधिकारीले शुक्रबारलाई झोला रहित कक्षाका रुपमा सञ्चालन गरी उक्त दिन विद्यार्थीहरुका बहुआयामिक प्रतिभा प्रस्फुटन हुने खालका गतिविधि सञ्चालन गर्ने पनि बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले चौरमा पढाई हुने हिजोको संरचनाबाट सुविधासम्पन्न भवन र प्रविधियुक्त कक्षा कोठा भए पनि सामुदायिक विद्यालयका सिकाइ उपलब्धी दिनानुदिन खस्किदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षा प्रदान गर्नेजस्तो पवित्र कर्ममा दत्तचित्त भएर लागि पर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । उपाध्यक्ष तिमल्सिनाले समय सीमा भित्रै कार्यक्रमलाई सफल तुल्याउन विशेष भूमिका निर्वाह गर्ने शिक्षा शाखा, गणक तथा सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो । राज्यले लिएको २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने यो महाअभियानमा बेथानचोक जिल्लामै पहिलो हुन सफल भएकोप्रति खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी नियमावली–२०७७’ लागू गरेको बताउँदै सोही अनुरुप गाउँपालिकामा पनि कार्य गरिएको जानकारी दिनुभयो । यसका लागि शाखाले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी प्रचारप्रसार तथा घरदैलो अभियान सञ्चालन गरेको, विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुको लगत संकलन गरेको, बालविकास सहजकर्ता क्षमता विकास तथा सामग्री निर्माणको ६ दिवसीय तालिम गरेको, विद्यालयमा भर्ना भएका कक्षा ३ सम्मका विद्यार्थीहरुलाई नियमित मेन्टरिङ÷काउन्सेलिङ गरिएको र छाता, अल इनवान पुस्तक, स्टेशनरी लगायत सामग्री खरिद गरी वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
शाखा प्रमुख राईले अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको रकम यी शीर्षकमा कुनै पनि शुल्क लिनु हुँदैन’ भनेको स्मरण गराउँदै सोही अनुरुप गाउँपालिका भित्रका विद्यालयहरुलाई शुल्न नलिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस बेथानचोकका सभापति एवं गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिनाराष्ट्रिय स्वतन्त्र पार्टी बेथानचोकका सभापति भीमप्रसाद तिमल्सिना, नेकपा एमालेका प्रतिनिधि बेदप्रसाद तिमल्सिना, लगायतले बेथानचोक अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा भएकोप्रति खुशी व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।

You might also like

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

Previous Post

नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका

Next Post

काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

RadioRoshi

RadioRoshi

Related Posts

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
Next Post
काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

नेपाली जनताको दुःखमा भारत हरसम्भव सहयोग गर्न तयार छः प्रधानमन्त्री मोदी

नेपाली जनताको दुःखमा भारत हरसम्भव सहयोग गर्न तयार छः प्रधानमन्त्री मोदी

शनिबार, कार्तिक १८, २०८०
काभ्रेमा रेबिज सङ्क्रमण नियन्त्रण

काभ्रेमा रेबिज सङ्क्रमण नियन्त्रण

बिहिबार, पुस १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.