Wednesday, July 1, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका

RadioRoshi by RadioRoshi
बिहिबार, असार १४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पछिल्लो समय शहरमामात्रै नभई ग्रामीण भेगमासमेत नसर्ने रोग (एनसिडी)का बिरामीहरु बढ्न थालेका छन् । देखासिकीमा बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण यसरी मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगहरु बढ्न थालेपछि बेथानचोक गाउँपालिकाले सबै वडामा नसर्ने रोगको स्क्रिनिङ्ग क्याम्प सेवा शुरु गरेको हो । असार महिनाभित्र समुदायमा रहेका ४० वर्ष माथिका नागरिकहरुको मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगको पहिचान गर्ने उद्देश्यले तालिका बनाएरै गाउँपालिकाले क्याम्प सञ्चालन गरिरहेको छ । कार्यक्रम अनुसार बेथानचोक गाउँपालिका र बनेपास्थित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालबीचको सम्झौता गरी स्क्रिनिङ्ग क्याम्प सेवा शुरु भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो


गाउँपालिका र अस्पताल बीच भएको सम्झौतामा शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालको प्राविधिक सहयोगमा बेथानचोक गाउँपालिकाका ६ वटै वडामा २०८० असार महिनाभित्र समुदायमा रहेका ४० वर्ष माथिका जेष्ठ नागरिकहरुको नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप लगायत) को स्क्रिनिङ्ग क्याम्प सेवा उपलब्ध गराउने उल्लेख छ । स्क्रिनिङ पश्चात् अस्पतालमा रेफर भई आउने बिरामीहरुलाई २० प्रतिशत उपचार शुल्कमा छुट गराउने पनि सम्झौतामा उल्लेख छ । हाल नेपालमा सर्ने भन्दा नसर्ने रोगहरुको संख्या उच्च देखिँदै आएको परिपे्रक्ष्यमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी मधुमेह, उच्च रक्तचाप लगायतका समस्याहरुको समयमा नै पहिचान गरी उपचारको दायरामा ल्याई स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण गर्नका लागि सेवा आरम्भ गरिएको अध्यक्ष अधिकारीको भनाई छ ।


प्रारम्भिक चरणमा ६० वर्ष उमेर समूहका नागरिकको स्क्रिनिङ गर्ने तयारी गरिएकोमा यसलाई बढाई ४० वर्ष उमेर समूहका नागरिकका लागि स्क्रिनिङ गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले नागरिकहरुलाई वडा–वडामा नै गई स्क्रिनिङ्ग सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्र माथि उल्लेखित समस्याहरु के–कति रहेका छन् सोको तथ्याङ्क संकलन गरी उपचारको दायरामा ल्याउनुका साथै जोखिममा रहेका नागरिकहरुलाई थप उपचारका लागि दुवै पक्षले आगामी आर्थिक वर्षमा आवश्यक कार्यक्रम निर्माण गरी सेवा उपलब्ध गराउने नै यस कार्यक्रमको मुख्य औचित्य रहेको बताउनु भयो ।


कार्यक्रम अन्तर्गतअसार १३ गते वडा नं. १ को च्याम्राङबेसी स्वास्थ्य चौकीमा, १४ गते वडा नं. ६ को पाँगु भुग्देउ स्वास्थ्यचौकीमा, १५ गते वडा नं. ५ को च्यासिंखर्क स्वास्थ्य चौकीमा, १७ गते वडा नं. ३ को महांकालस्थान आधारभूत स्वास्थ्य चौकीमा क्याम्प सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिनुभयो । यस्तै वडा नं. २ को ढुंखर्क स्वास्थ्य चौकीमा असार १८ गते र १९ गते वडा नं. ४ को चलाल गणेशस्थान स्वास्थ्यचौकीमा स्क्रिनिङ्ग क्याम्प गरिने तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत पहिलो दिन वडा नं. १ को च्याम्राङबेसी स्वास्थ्य चौकीमा भएको स्क्रिनिङ्ग क्याम्पबाट जनाले स्वास्थ्य १ सय ८ जनाले सेवा लिनु भएको छ ।

Previous Post

नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

Next Post

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका बन्यो बेथानचोक

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका बन्यो  बेथानचोक

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका बन्यो बेथानचोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी ८ मा निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय १४ जनाले पाए स्वास्थ्य सेवा

रोशी ८ मा निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय १४ जनाले पाए स्वास्थ्य सेवा

मङ्लबार, कार्तिक १३, २०८१
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.