Thursday, April 2, 2026
Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेको रोशीमा सुत्केरीलाई भत्ता, अविभावकको हेरचाह गर्नेलाई पुरस्कार

RadioRoshi by RadioRoshi
मङ्लबार, भदौ १२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सुत्केरी आमाहरूका लागि पोसिलो खानाका लागि भत्ता उपलब्ध गराउँदै आएको छ। पालिकाले ‘सुत्केरी आमा, पोसिलो खाना’ कार्यक्रमअन्तर्गत रोसी गाउँपालिकाभित्रका सुत्केरी आमाहरूका लागि भत्ता वितरण गर्दै आएको हो। गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार सुत्केरी आमाका लागि प्रतिसुत्केरी दुई हजार पाँच सय रुपैयाँ गाउँपालिकाले दिँदै आएको छ।
सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खाएमा आमा र बच्चाका लागि फाइदा हुने भएकाले यस्तो कार्यक्रम लागू गरेको लामाले जानकारी दिनुभयो । त्यस्तै, गाउँपालिकाले आफ्नो बाबुआमा तथा अभिभावकको राम्रो हेरचाह गर्नेलाई नगदसहित पुरस्कार प्रदान गर्दै आएका छन्। वृद्ध–वृद्धाहरू आश्रममा भरिभराउ हुँदै आएको समयमा गाउँपालिकाले यस्तो कार्यक्रम लागू गरेको हो।
अध्यक्ष लामाका अनुसार आफ्ना बाबुआमा तथा अभिभावकको राम्रो हेरचाह गर्नेहरूलाई प्रत्येक वडाबाट २ जनाको दरले प्रत्येक वर्ष नगद पाँच हजारसहित श्रवणकुमार पुरस्कार प्रदान गर्दै आएका छ। वृद्धवृद्धा अवस्थामा रुँदै घर छाडेर जानु नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम लागू गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो । यसैगरी, गाउँपालिकाले ५६ जना दीर्घ रोगीहरूलाई औषधि उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ ०७९ वैशाखबाट वितरण गर्दै आएको छ।

You might also like

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

एक वर्षमा १७८० घरधुरीको निःशुल्क स्वास्थ्य बिमा
गाउँपालिकाले एक वर्षमा एक हजार ७ सय ८० घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। ६० वर्षभन्दा माथिका व्यक्ति भएको घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेको हो। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार सामाजिक विकासअन्तर्गत रोशी गाउँपालिकाका एक हजार सात सय ८० घरधुरीका व्यक्तिहरूको गाउँपालिकाले बिमा गरिदिएको छ। ६० वर्षमाथिका व्यक्तिहरूको परिवारको निःशुल्क बिमा गरेको हो।
बिमाका लागि आर्थिक वर्ष ०७९÷८० मा ८० लाख बजेट छुट्याएकोमा एक हजार ७ सय ८० जना ६० वर्षीय व्यक्तिहरूको परिवारको बिमा गरेको थियो। एकजना ६० वर्षीय व्यक्तिको नामबाट थप चारजना परिवारका सदस्यको एक लाखबराबरको स्वास्थ्य बिमा भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । एक परिवारको एक वर्ष बिमाको तीन हजार पाँच सयका दरले स्वास्थ्य बिमा गरेको लामाले बताउनुभयो ।
आर्थिक वर्ष ०८०÷८१ को लागि पनि गाउँपालिकाले ८० लाख बजेट छुट्याएको लामाले जानकारी दिनुभयो । सामाजिक विकासअन्तर्गत गाउँपालिकाले निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरी एक सय २३ जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गरेको थियो।

Previous Post

बागमती प्रदेशका ५ प्रादेशिक अस्पताल आईसीयू सेवा विहीन

Next Post

तेमालमा जनै पूर्णिमाको अवसरमा भोलिबाट ३ दिन सार्वजनिक विदा

RadioRoshi

RadioRoshi

Related Posts

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
तेमालमा जनै पूर्णिमाको अवसरमा भोलिबाट ३ दिन सार्वजनिक विदा

तेमालमा जनै पूर्णिमाको अवसरमा भोलिबाट ३ दिन सार्वजनिक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंह सहित ३ जनाको निधन

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सहित ३ जनाको निधन

मङ्लबार, असार ५, २०८०
रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

बुधबार, पुस ३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.