यश कुमार परियार–जेठ २८,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले नगर भित्रका द्वन्द प्रभावित ९ परिवारलाई रकम सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख टि.पि. शर्मा तिमिल्सनाले ९ परिवारलाई रु ३० हजारको दरले रकम हस्तान्तरण गरेका हुन् ।

यसरी रकम प्रप्त गर्ने द्वन्द पिडितहरुमा वडा नम्बर ४ का कृष्ण नाथ चिमौरीया, सोहि वडाका बिदर राज सिलवाल, वडा नम्बर ११ का पुर्णमान तामाङ, सोहि वडाका प्रेम कुमारी लामा, वडा नम्बर ९ का सन्त श्रेष्ठ, मिन कुमार लामा, छिरीङ तामाङ, अर्जुन बहादुर लामा र वडा नम्बर ५ का कान्छा तामाङ रहेका छन् ।

नगरले औषधी उपचारको निमित्त उपलब्ध गराएको रकम पिडित परिवारका प्रतिनिधिलाई प्रदान गरेको हो ।

Facebook Comments Box