रोशी सहकर्मी–जेठ २८,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिका र महिला तथा वालवालिका शाखाले संयुक्त रुपमा क्वारेन्टाईनमा रहेका ३ जना महिलाहरुलाई नगर प्रमुख टि.पि.शर्मा तिमल्सिना, उपप्रमुख राम देवी तामाङले संयुक्त रुपमा सुरक्षित झोला नामक अतिआवश्यक सामग्री वितरण गरेको छ ।

लैङ्गिक संवेदनशीलतालाई मध्यनजर गर्दै महिलाहरुलाई आवश्यक पर्ने सामग्रीहरु समावेश गरी सुरक्षित झोला वितरण गरिएको महिला तथा वालवालिका शाखा प्रमुख तारा सुनुवारले जानकारी दिईन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई, वडा नम्बर ४ का अध्यक्ष उद्धव काफ्ले, महिला तथा बालबालिक शाखा प्रमुख तारा सुनुवार, स्वास्थ्य शाखा प्रमुख राजु बोगटि लगायत नगर कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box