बैशाख २६,
२०७८,काभ्रे/

कोरोना भाईरसको संक्रमण र जोखिमलाई मध्येनजर गरी पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले सयुक्त रुपमा आइसोेलेशन शुरु गर्ने भएका छन् ।

पाँचखाल नगरपालिकाको वडा नं ४ मा रहेको समाजकल्याण प्राविको भवनमा ५० बेडको सयुक्त आईसोलेशन बनाउने विषयमा पाँचखाल नगरप्रमुख महेश खरेल र भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँबरको विचमा १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी भए अनुसार आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसैघण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । पूर्वाधार व्यवस्थापन, स्वास्थ्यकर्मीको व्यवस्थापन, रेखदेख र सरसफाई सयुक्त गर्ने, स्वास्थ्य सामाग्री व्यवस्थापन सयुक्त गर्ने, खाना खाजा खर्च सयुक्त गर्ने, उपकरणहरु सयुक्त खरिद गर्ने आइसोलेसनका लागि आवश्यक जनशक्तिलाई परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउने पत्रमा उल्लेख छ ।

Facebook Comments Box