Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

RadioRoshi by RadioRoshi
सोमवार, फाल्गुन २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

You might also like

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

काभ्रेको खानीखोेला गाउँपालिकाले सामुदायिक (छाडा छोडिएका) तथा घरपालुवा एक सय बढी कुकुरको बन्ध्याकरण गरेका छन् । गाउँपालिकाभित्र छाडा कुकुरको संख्या दिनहुँ बढेसँगै मान्छेलाई समेत टोक्न थालेपछि तीन दिने शिविर सञ्चालन गरी एक सय ५ वटा कुकुरलाई नियन्त्रणमा लिई बन्ध्याकरण गरेका हुन् । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकाको मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै जाँदा रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप समेत लगाइएको जानकारी दिनुभयो । रेविज रोग नियन्त्रण तथा न्युनीकरण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको उनको भनाई छ । अध्यक्ष थिङले भने, ‘छाडा कुकुरहरुको बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन । यसले रेविजको जोखिम पनि कम हुन्छ ।’ गाउँपालिकाको पशु शाखाका प्रमुख हेमन्त घिमिरेले गाउँपालिकाको पुश शाखा मार्फत् नेपाल एनिमल वेलकेयर एण्ड रिसर्ज सेन्टर बनेपा काभ्रेको प्राविधिक सहयोगमा कुकुरहरुलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप तथा लुतो जस्ता छाला सम्बन्धि रोगको औषधि समेत लगाइएको बताउनुभयो । उँहाको अनुसार २ वटा विरालो सहित ६९ भाले र ३८ पोथी कुकुरको बन्ध्याकरण गरेका छन् ।
पशु शाखाका पशु प्रविधिक अमृत सापकोटाले नेपाल एनिमलका डा. सुरज श्रेष्ठ, डा. सुजन अधिकारी सहितको टोलीले बन्ध्याकरण शिविरमा पहिलो दिन गाउँपालिकाको ताल्ढुंगा बजारसँगै हात्तीसार क्षेत्रका २५ भाले र १५ पोथी गरी ४० वटा कुकुर, दोस्रो दिन धार्ने, फलामेटार क्षेत्रको २० भाले र १० पोथी गरी ३० वटा र तेस्रो दिन फुलडाँडा, आँपटार, सल्धाराको तल्लो भेग र महाँकाल क्षेत्रका २२ भाले र १३ पोथी गरी ३५ वटा कुकुरको बन्ध्याकरण गरेको जानकारी दिनुभयो । छुटेका स्थानलाई समेट्ने गरी कुकुर बन्ध्याकरण कार्यलाई आगामी दिनमा निरन्तरता दिइने गाउँपालिकाको पशु शाखाले जनाइएको छ ।

बालकालिकामा कुकुर त्रास
गाउँपालिका अध्यक्ष थिङले कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनुका साथै रेविज रोगको सङ्क्रमण देखिन थालेपछि रोग नियन्त्रण गर्न बन्ध्याकरण गरिएको बताउनुभयो । उँहाले भन्नुभयोे, ‘गाउँपालिकाको सुरक्षा एवं पशुको रक्षाका लागि छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।’
पशु शाकाका प्रमुख घिमिरेले बालबालिकामा त्रास फैलाउने घटना बढेको बताउनुभयो । उँहाले कुकुरको टोकाईबाट स्थानीय राजकुमार आचार्य भैसी समेत मरेको र रेविज परिक्षण गर्दा पोजेटिभ देखिएकापछि कुकुर नियन्त्रणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप कार्यक्रम चलाइएको बताउनुभयो । त्यस्तै गाउँपालिकाको केन्द्र ताल्ढुंगामा होटल सञ्चालन गर्दै आएका स्थानीय विकास रुम्बाको छोरा उर्गेन रुम्बा लगायतका दर्जन बढी बालबालिकलाई कुकुरले टोकेका छन् । कुकुरको कारण बालबालिकामा त्रास बढेसँगै कुकुर आतंक बढ्न थालेपछि भाले र पोथी दुवै कुकुरको बन्ध्याकरण गरिएको हो । होटल सञ्चालक रुम्बाले भने, ‘गाउँपालिकाले कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर ल्याएर धेरै राम्रो गरे, अब बालबच्चामा देखिएको त्रास केही हदसम्म कम हुनेछ ।’ उनले थपे, ‘कुकुरले टोकि हालेमा भनेको बेला औषधी पाइदैन, यस्तो शिविर बेलाबेला सञ्चलान गरेमा कुकुर आतंक मात्रै नभई रोगको जोखिम समेत कम हुन्थ्यो ।’

Previous Post

भिमखोरी स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रदा नागरिकलाई समस्या

Next Post

खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
Next Post
काभ्रे खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता भएकाहरुले गरे क्षमता प्रदर्शन

रोशीमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता भएकाहरुले गरे क्षमता प्रदर्शन

मङ्लबार, मंसिर १८, २०८१
यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

बिहिबार, चैत्र २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.