Tuesday, May 12, 2026
Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

धुलिखेल–११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको मन्त्री लामाद्धारा शिलान्यास

RadioRoshi by RadioRoshi
सोमवार, पुस २, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, प्रदेश खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
धुलिखेल–११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको मन्त्री लामाद्धारा शिलान्यास
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

धुलिखेल नगरपालिका वडा नं ११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले शिलान्यास गर्नुभएको छ । बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित २५ लाख रकमबाट उपभोक्ता समितिमार्फत धुलिखेल ११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको आज मन्त्री तीर्थ लामाले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा मन्त्री लामाले चुनावी प्रतिवद्धता अनुसार विकासका आवश्यकता क्रमशः पुरा गर्दै लैजाने बताउनुभएको छ । उँहाले यस भेगको दुई सिंचाई आयोजनामा प्रदेशले लगानी गरेको भन्दै ती आयोजनामा चालु आर्थिक बर्षमा नै पुरा गर्ने गरी काम बढाउन निर्देशन दिनुभयो ।
तरकारीको पकेट क्षेत्रको रुपमा रहेको कल्छेवेशीमा निर्माण हुने सिंचाई कुलोले कल्छेवेशी क्षेत्रको तरकारी उत्पादनमा बृद्धि गर्ने भएकोले औधी खुशी लागेको स्थानीय कल्पना तिमल्सिनाले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र हुमागाईले समयमा नै आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कल्छेवेशी घट्टेखोला कुलो मर्मत तथा निर्माण सिंचाई जल उपभोक्ता समितिमार्फत ४ सय ३२ मिटर सिंचाई कुलो निमार्ण हुने जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय काभ्रेका प्रमुख विनय पौडेलले जानकारी दिनुभयो । यसअघि वडा कार्यालयमार्फत ६ लाखको लागतमा १ सय २० घरधुरी लाभान्वित हुने २ सय मिटर कुलो निर्माण भइसकेको छ ।
बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना आर्थिक बर्ष २०८०÷८१ को लागि बजेटमा समावेश भएका छन् । नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका लामा मन्त्री रहेको खानेपानी, उर्जा र सिंचाई मन्त्रालयबाट मात्रै काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन भएको छ । क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् ।
प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।
कार्यक्रममा धुलिखेल नगर उपप्रमुख निराजन जंगम, पूर्व गाविस अध्यक्ष केशव बडाल, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, १ (ख)का सहसचिव विनोद तिवारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस धुलिखेल नगर सभापति विदुर बस्नेत, शैक्षिक परामर्श संघका सचिब भवनाथ हुमागाई, नेपाल तरुण दल काभ्रेका सचिव सुरज तिमल्सिना, स्थानिय रामप्रसाद हुमागाई, डोरनाथ गौतम लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

You might also like

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

Previous Post

धुलिखेल–११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको मन्त्री लामाद्धारा शिलान्यास

Next Post

छात्रामाथि यौन दुर्व्यवहार गर्ने रामेछापका शिक्षक पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
नक्कली सवारी दर्ता किताव बनाउने तेमालका दिल बहादुर पक्राउ

छात्रामाथि यौन दुर्व्यवहार गर्ने रामेछापका शिक्षक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लामो समयसम्म आफुबाट बच्चा नभएपछि शिशुको चोरी गरेको बयान

लामो समयसम्म आफुबाट बच्चा नभएपछि शिशुको चोरी गरेको बयान

शनिबार, फाल्गुन १२, २०८०
चाडपर्व मनाउँदै गर्दा खानपानमा ध्यान दिन पोषणविद्को सुझाव

चाडपर्व मनाउँदै गर्दा खानपानमा ध्यान दिन पोषणविद्को सुझाव

सोमवार, कार्तिक २७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.