काभ्रे,
नेपाली कांग्रेस तेमाल–काठमाडौं सम्पर्क समिती गठन भएको छ । नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञान बहादुर मोक्तानको सभापतित्वामा संबिधानसभा सदस्य एबम नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामाको प्रमुख अतिथि , तेमाल गाउँपालिका वडा नं.३ का अनुभवी नेता चक्र बहादुर तामाङको अध्यक्षता साथै अग्रज नेताहरू तथा नेपाली कांग्रेसजनहरुको उपस्थितिमा १७ सदस्य कार्यसमिति गठन भएको छ । समिति सभापतिमा वडा नं ३ का चक्र बहादुर तामाङ, उप सभापति वडा नं ८ का सिंगध्वाज तामाङ र वडा नं २ का दोर्जे तामाङ , सचिवमा वडा नं ६ का भिम बहादुर तामाङ र वडा नं ९ का रत्न कुमार तामाङ, सहसचिबमा वडा नं ४ का राजकुमार तामाङ र कोषाध्यक्षमा वडा नं ७ का लाल बहादुर तामाङ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा वडा नं १ बाट ईन्द्र तामाङ र प्रकाश तामाङ , वडा नं २ बाट सुकुमान तामाङ , वडा नं ३ बाट ङेमा तामाङ , वडा नं ४ बाट धुवा राज तामाङ , वडा नं ५ बाट रत्न कुमार तामाङ, वडा नं ६ बाट राजिव तामाङ, वडा नं ७ बाट कुल बहादुर तामाङ, वडा नं ८ बाट निमा घिसिङ र वडा नं ९ बाट निमा दोर्जे लामा चयन भएका छन् ।