Tuesday, April 21, 2026
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाविच अन्तरपालिका समन्वय बैठक

RadioRoshi by RadioRoshi
बिहिबार, साउन १८, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाविच अन्तरपालिका समन्वय बैठक
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाका ३ स्थानीय तहले पायक पर्ने स्थानमा नापी, मालपोत लगायतका कार्यालय स्थापना गर्न पहल गर्ने भएका छन् । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा विहिबार नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाविच नमोबुद्ध नगरपालिकाको कार्यालयमा भएको अन्तरपालिका समन्वय बैठकले भौगोलिक रुपमा विकट रहेका महाभारत गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीहरुलाई हाल धुलिखेलमा रहेको नापी कार्यालय, मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावली सम्बन्धी सेवा केन्द्र असहज र टाढा रहेकोले यस क्षेत्रका सेवाग्राहीहरुलाई सहज, छिटो, छरितो र नतिजामुखी सेवा प्रदान गर्नका लागि ती पालिकाहरुलाई पायक पर्ने स्थानमा सो कार्यालयहरु स्थापना गर्न संयुक्त रुपमा अनुरोध र पहल गर्ने निर्णय भएको नमोबुद्ध नगरपालिकाका प्रवक्ता टिकाबहादुर केसीले जानकारी दिनुभयो ।

You might also like

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय


तीनवटै पालिकालाई पायक पर्ने स्थानमा सो कार्यालयहरु स्थापना गर्न अत्यावश्यक भएको र यस क्षेत्रका बासिन्दाहरुको पनि माग भएकाले ती कार्यालयहरु स्थापना र संवैधानिक अधिकार अनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्त रुपमा अनुरोध र आवश्यक पहल समेत गर्ने निर्णय गरेको हो ।
बैठकले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विपद व्यवस्थापन तथा न्युनिकरण, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषिसंग सम्बन्धित नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै संचालन गर्न संयुक्त रुपमा पहल गर्ने निर्णय समेत गरेको छ ।
तीनवटै स्थानीय तहको फोहोरमैलालाई दिगो रुपमा वैज्ञानिक तथा प्रविधियुक्त तवरले व्यवस्थापन गर्नका लागि एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रको स्थापना गर्नका लागि तिनवटै पालिकालाई सहज हुने स्थान पहिचान गर्ने निर्णय समेत बैठकले गरेको छ । नमोबुद्ध वडा नं ४ मा रहेको प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालबाट तीन वटै पालिकाका वासिन्दा लाभान्वित हुने गरेकोले सो अस्पतालमा सेवा सुविधा थप व्यवस्थापन गर्न तिनवटै पालिकाको तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्य गर्नुका साथै प्रदेश सरकार र संघीय सरकारसँग संयुक्त रुपमा पहल गर्ने निर्णय बैठकले गरेको छ ।


बैठकले नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका भित्रका विभिन्न स्थानमा हुन सक्ने प्राकृतिकजन्य तथा स्वास्थ्यजन्य विपद् र अन्य प्रकोपहरुको पहिचान, व्यवस्थापन तथा न्यूनीकरणका लागि तिनवटै पालिकाले संयुक्त रुपमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाहरुको व्यवस्थापन, न्यूनीकरण, रोकथाम तथा उद्दार लगायतका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेशिनरी औजार र सवारीसाधनहरुको आपसी समझदारी गरी आवश्यक रुपमा परिचालन तथा सहयोग गर्ने निर्णय गरेको छ ।
नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको मुख्य मार्गको रुपमा रहेको भकुण्डे–पोखरीनारायणस्थान–मेच्छे सडकको निर्माणमा भएको ढिलासुस्तीका कारण नागरिकले भोग्दै आएको असहजता र यातायात संचालनमा आएको समस्यालाई यथाशिघ्र समाधान गर्न र सो सडकको निर्माण नियमित रुपमा तोकिएको समय भित्रै सम्पन्न गर्न र नियमित मर्मत सम्भार तथा सरसफाईका लागि मर्मत सम्भारकर्ता (लेन्थवर्कर) राख्नका लागि सम्बन्धित निकायमा सयुक्त रुपमा आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको मुख्य राजमार्गको रुपमा रहेको वी.पी. राजमार्गमा वर्षातको समयमा आउने बाढी र पहिरोबाट हुने राजमार्गको अवरोधको दिगो समाधान गर्नका लागि सम्बन्धित निकायमा सयुक्त रुपमा आवश्यक पहल गर्ने निर्णय भएको छ । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका भित्र विभिन्न सडक, पुल लगायतका भौतिक पूर्वाधारको निर्माण गर्दा तिन वटै पालिका बीच आवश्यक समन्वय, सहकार्य र समझदारी गरी सयुक्त रुपमा बजेट विनियोजन गरी संचालन गर्ने र थप बजेट व्यवस्थापनको लागि समेत प्रदेश सरकार र संघीय सरकारलाई संयुक्त रुपमा पहल गर्ने निर्णय पनि भएको छ ।
रोशी गाउँपालिका वडा नम्बर ०३, वडा नम्बर ०५ र वडा नम्बर ०७ र नमोबुद्ध नगरपालिका वडा नम्बर ०६ स्थित रोशी खोलामा पक्की पुल तथा झोलुङ्गे पुल निर्माण गर्न साथै रोशी गाउँपालिका वडा नम्बर ०९ र तेमाल गाउँपालिकाको वडा नम्बर ०७ स्थित रोशी खोलामा पक्की पुल निर्माण गर्न सम्बन्धित पालिकाले आवश्यक बजेट विनियोजन गर्ने र थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकार र संघीय सरकारलाई संयुक्त रुपमा पहल गर्ने निर्णय बैठकले गरेको छ । तिन वटै पालिकाका सिमाना क्षेत्रहरुलाई सडक संजाल मार्फत जोड्न आ–आफ्नो पालिकाबाट आवश्यक कार्य संचालन गर्ने निर्णय पनि भएको छ । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको साँध सिमानाका सम्बन्धमा उत्पन्न विवादहरुको पहिचान गरी एक आपसमा पालिका बीच आवश्यक समन्वय, सहकार्य र समझदारीमा समाधान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको साझा प्राकृतिक श्रोतहरुको उपयोग, व्यवस्थापन तथा संरक्षण तिन वटै पालिका बीच आवश्यक समन्वय, सहकार्य र आपसी समझदारीम गर्ने, पालिका क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रवद्र्धन गर्न र आन्तरिक पर्यटक वृद्धि गर्न संयुक्त रुपमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने, रोशी खोला लगायतका नदि तथा खोला कटान क्षेत्रमा पक्की तटबन्ध निर्माण तथा खोलालाई नियन्त्रण गर्न संयुक्त रुपमा संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । तिन वटै पालिकाको साझा प्राकृतिक श्रोतको रुपमा रहेको रोशी खोलालाई थप व्यवस्थित, सफा, हरियाली र पर्यटकीय स्थलको रुपमा विकास गर्न ‘रोशी खोला सफाई अभियान’ कार्यतालिका निर्माण गरी संयुक्त रुपमा संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका बीच नियमित अन्तरपालिका समन्वय बैठक चौमासिक रुपमा सञ्चालन गर्ने र अन्तरपालिका पूर्वाधार विकास लगायतका विकास निर्माणका कार्यहरु गर्नका लागि पालिकाका सम्बन्धित वडास्तरमा समेत अन्तरवडा स्तरीय समन्वय बैठक आवश्यकता अनुसार गर्ने निर्णय बैठकले गरेको हो ।
अन्तरपालिका समन्वय बैठकमा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा, तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकर, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, रोशीका रामबहादुर तामाङ, तेमालका केदारप्रसाद ढकाल, नमोबुद्ध नगरपालिकाका प्रवक्ता टिकाबहादुर केसी, रोशीका प्रवक्ता बसन्तकुमार तामाङ, तेमालका इन्द्रलाल तामाङ लगायतको उपस्थिती थियो ।
पहिलो चरणमा ३ वटा पालिकासंग गरिएको समन्वय बैठकलाई अन्य पालिकासंग पनि निरन्तरता दिने नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो ।

Previous Post

नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाविच अन्तरपालिका समन्वय बैठक

Next Post

नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

RadioRoshi

RadioRoshi

Related Posts

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Next Post
नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दिवङ्गत पितृको सम्मानमा देशभरका शिवालयमा शतबीज छरिँदै

पितृको सम्मानमा आज देशभरका शिवालयमा शतबीज छरिँदै

सोमवार, मंसिर २५, २०८०
पत्रकार बजगाईलाई ठुलेको सम्मान

पत्रकार बजगाईलाई ठुलेको सम्मान

बुधबार, फाल्गुन १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.