काभ्रे,
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि भएको छ । हिजो रातिबाट लागू हुनेगरी नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ । मुलुकमा स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
Facebook Comments Box