काभ्रे,
नेपाल आयल निगमले आज रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल, पेट्रोलमा समान प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले बढाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि आजदेखि नेपालमा पनि मूल्य वृद्धि गरिएको हो ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ९ सय १० रुपैयाँ पुगेको छ ।