Tuesday, March 3, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, असार ३१, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । यस आर्थिक वर्षमा सञ्चालन भएका दैनिक सेवा प्रवाह तथा विकास निर्माणसँग सम्बन्धित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । रोशी गाउँपालिकाको आयोजना तथा ग्लोबल युटिलिटि युनिट प्रा.लि. को सहजीकरणमा रोशी २ लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको रोशी गाउँपालिकाको सूचना अधिकारी धनवीर लामाले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा ग्लोवल युटिलिटिका प्रतिनिधि तथा वरिष्ठ पत्रकार ईश्वरी ओझाले यस आर्थिक वर्षमा गाउँपालिका तथा वडा कार्यालय मार्फत सेवा लिएर फर्केका तथा विभिन्न योजनाका कार्यक्रममा आवद्ध भएर सेवा लिएका सेवा ग्राहीहरुसँग लिइएको प्रश्नावलीको उत्तरमा आएका प्रतिवेदनलाई प्रतिशतको आधारमा अभिव्यक्त गरिएको थियो । जसमा विकास निर्माण, योजनाको कार्य, वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयबाट सम्पन्न भएका कार्यहरु लगायत सेवा प्रवाहका क्रममा कर्मचारी सीप क्षमता तथा व्यवहारको विषयमा र अन्य थुप्रै विषयमा लिएका प्रश्नावलीको आधारमा आएका जवाफहरुलाई संकलन गरेर प्रतिशतको आधारमा प्रतिवेदन प्रस्तुत भएको हो ।
आज कार्यक्रममा स्थानीय वडा बासी शंखजित लामाले तीनधारे झरनाको ३ करोडको योजना स्टीमेट अनुरुप कामहरु नभएको बताउनुभयो । त्यसैगरी ङेमा लामाले तीन धारे झरना जाने बाटोको ढलानको काम गुणस्तरीय नभएको गुनासो गर्नुभयो । चमार सिं लामाले कुनै पनि विकास निर्माणको काम गर्दा उपलब्धिमूलक ढंगले सम्पन्न गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो । त्यसैगरी लक्ष्मीनारायण माध्यमिक विद्यालयका प्र.अ. काजीमान लामाले एस. ई. ई. मा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गर्दै गर्दा साधारण शिक्षाको मात्र नभई प्राविधिक धारको विद्यार्थीहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गर्नुपर्ने माग राख्नुभयो । कृषक कान्छामान लामाले बँदेल, बाँदर जस्ता जिवहरुले अन्न बालीमा नोक्सान पुर्याएको हुँदा स्थानीय सरकारले यसप्रति चासो दिनुपर्ने बताउनुभयो ।
जनताको गुनासो तथा प्रश्नहरुलाई सम्बोधन गर्दै रोशी गाउँपालिकाको प्राविधिक प्रमुख तथा ईन्जिनियर भूपेन्द्र अधिकारीले तीन धारे झरना जाने बाटो निर्माण गर्ने क्रममा निर्माण व्यवसायीलाई समयमा भुक्तानी हुनुपर्ने रकम समयमा नभएको हुँदा ढिला सुस्ती हुन पुगेको र व्यवसायी आफ्नै लगानीमा निर्माण गर्नुपर्ने भएकोले केही कमी कमजोरी हुन पुगेको बताउनुभयो । त्यसैगरी रोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीदास लामाले पूर्वाधार विकास निर्माणको क्रममा अनुगमनमा फितलो भएको बताउनुभयो । जसको दोषी भने आम वडा वासी स्वयम्, प्राविधिक टिम तथा जनप्रतिनिधि पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी वडा नम्बर २ का वडा अध्यक्ष हस्तमान लामाले गुणस्तरलाई अभिवृद्धि गर्न माटो बालुवाको ल्यावटेष्ट गरेर मात्र काम गर्नुपर्नेमा त्यसो नभएको हुदा बाटो निर्माण तथा ढलानको काममा गुणस्तर नभएको र जसका लागि प्राविधिक जिम्मेवार हुनुपर्ने बताउनुभयो । त्यसैगरी आम नागरिकबाट आएका गुनासोको सम्बोधन गर्दै रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले भौतिक पूर्वाधार विकास निर्माणका निम्ति कार्यपालिका, सभामा सल्लाह गरी यसको निम्ति तदारुकताका साथ अगाडि बढ्ने बताउनुभयो । पूर्वाधार विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्राविधिक साथीहरुलाई अनुरोध गर्दै जिम्मेवारी वहनमा जोड दिने बताउनुभयो ।
त्यसैगरी सार्वजनिक सुनुवाई कार्यक्रमको अन्त्यमा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाले बाँदर बँदेल बाट भएको अन्न बाली नोक्सानीको विषयमा यसका रोकथामका निम्ति सदनमै छलफलको विषय बनेको र रोशी गाउँपालिकाले तत्कालको निम्ति पिडित कृषकहरुलाई चामलको व्यवस्थापन गर्ने जस्ता विषयको बारेमा गाउँकार्यपालिकामा छलफल भएको बताउनुभयो । साथै एस. इ.इ. मा उत्कृष्ट विद्यार्थीहरुलाई मेरिटको आधारमा पुरस्कृत गर्ने भन्दा पनि प्रोत्साहन प्रदान गर्ने ढंगले उच्च शिक्षा अध्ययनको लागि प्रोत्साहन प्रदान गरेको बताउनुभयो । सो प्रोत्साहन मेरिटको हिसाबले नभई छात्रावृत्तिको हिसाबले प्रदान गरिएको बताउनुभयो । आजको कार्यक्रममा जति पनि सुझाव तथा गुनासोहरु आएका छन् ती सबैको आगामी दिनमा कार्यक्रमहरु लागू गर्दा र निरन्तरता दिँदा कार्यन्वयन तर्फ उन्मुख हुने बताउनुभयो ।

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

Previous Post

नमोबुद्ध नगर सभाः आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित

Next Post

नयाँ आर्थिक वर्ष २०८०÷८१ आजबाट सुरु

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
नयाँ आर्थिक वर्ष २०८०÷८१ आजबाट सुरु

नयाँ आर्थिक वर्ष २०८०÷८१ आजबाट सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भुम्लुमा १२६५ जनाको आँखा परीक्षण एवं ९५ जनाको सफल शल्यक्रिया

भुम्लुमा १२६५ जनाको आँखा परीक्षण एवं ९५ जनाको सफल शल्यक्रिया

बुधबार, चैत्र १, २०७९

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.