काभ्रे,
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा सञ्चालन भएको निः शुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा १२६५ जनाको आँखा परीक्षण गरीएको छ भने ९५ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ । लायन्स क्लब अफ काठमाडौं कञ्चनजंगा, नेपाल नेत्रज्योति संघ, र्कीतिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रसंग समन्वय गरेर गाउँपालिकाले निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गरेको हो ।
फागुन २३ गते देखि २९ गते एक हप्तासम्म भुम्लु गाउँपालिकामा सञ्चालन भएको निः शुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा कीर्तिपुर आँखा अस्पतालका डाक्टर शुधा राणाभाटको टिमले आँखा जाँच गरेका थिए ।