Saturday, February 7, 2026
Date
शनि, माघ २५, २०८२
Sat, February 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लोकतान्त्रिक – बाम गठबन्धनको घरदैलो अभियान सुरु,मतदातामा उत्साह

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक ३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
लोकतान्त्रिक – बाम गठबन्धनको घरदैलो अभियान सुरु,मतदातामा उत्साह
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको लोकतान्त्रिक–बाम गठबन्धनले बिहिबार आजबाट चुनावी घरदैलो अभियान थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै गठबन्धनले घरदैलो, भेटघाट, भेला, बैठकलाई तिव्रता दिएका हुन् ।
प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा (क) र (ख) दुबै क्षेत्रमा घरदैलो शुरु भएको छ । प्रदेश सभा क्षेत्र न १ (क) मा नमोबुद्ध ३ र ४ बाट जनता भेटघाट कार्यक्रम शुरु भएको छ । प्रदेश सभा १ (क) का प्रत्यक्ष उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले भेटघाट थालेको हो । प्रत्यक्षतर्फका उम्मेदवार ढकालले अघिल्लो पटक निर्वाचित भएपछि सो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै फेरी त्यो अवसर दिनको लागि अनुरोध गर्नुभएको छ ।
प्रदेश सभा क्षेत्र नं १ (ख) मा वडा नं ५ शिसाखानीबाट घरदैलो शुरु भएको प्रदेश सभा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर लामाले जानकारी दिनुभयो । सो क्षेत्रमा गठबन्धन दलका तर्फबाट कांग्रेस उम्मेदवार तिर्थबहादुर लामा लगायत गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरुले घरदैलो थालेका हुन् । प्रत्यक्षतर्फका उम्मेदवार लामाले गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको भन्दै आफू उत्साहित भएको बताउनुभयो । सो क्षेत्रले कार्यतालिका नै सार्वजनिक गरेर घरदैलो अभियान शुरु गरेको छ ।
प्रतिनिधी सभा क्षेत्र नं २ मा पनि लोकतान्त्रिक–बाम गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नं १ सापिङबाट घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्साल समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, रुकु चौलागाईसहितको टोलीले घरदैलो अभियान शुरु गरेका हुन् । स्थानीयको अपेक्षा सुनेपछि प्रतिनिधी सभा सदस्य उम्मेदवार हुँमागाईले एमालेले आस्वासन मात्रै दिएर बाँकी रहेको काम आफूले पूरा गर्ने बताउनुभएको छ । भूम्लुका जनताको समस्या आफ्नो समस्या भएको भन्दै उँहाले लोकतान्त्रिक–बाम गठबन्धनले समाधान गर्ने बताउनुभएको हो । प्रदेश सभा २ (ख)ले पनि बेथानचोक गाउँपालिकामा घरदैलो र भेटघाट गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार हुमागाईसहित प्रदेश सभा २ (ख)का उम्मेदवार कञ्चनचन्द्र बादे, संविधानसभा सदस्य रहेका एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, विदुरप्रसाद सापकोटा, माओवादी केन्द्रका मिना तामाङ, समानुपातिक उम्मेदवार भोला अर्याल, सुरकृष्ण बैद्य, कांग्रेस नेता इन्द्रमणि अधिकारी, अच्युतप्रसाद पौडेल, प्रेमबहादुर तिमल्सिना लगायत गठबन्धनका नेताहरुले संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
२ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना उम्मेदवार छ । प्रतिनिधी सभा क्षेत्र नं १ मा ३५ जना र प्रतिनिधी सभा क्षेत्र नं २ मा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ९ जना र प्रदेश सभा सदस्य (ख) का लागि ९ जना उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ६ जना र प्रदेश सभा सदस्य (ख) का लागि ७ जना उम्मेदवार रहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक–बाम गठबन्धनबाट ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरु संसदीय क्षेत्रमा अनुभवी छन् । गठबन्धनको मत, संविधानको रक्षा र शान्ती, सुशासन र विकासको लागि काभ्रेली मतदाताले गठबन्धनलाई मतदान गरी जिताउने अपेक्षा गरेका छन् ।

You might also like

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

Previous Post

बेथानचोक गाउँपालिकको कृषि,पर्यटन,तथा स्वास्थ्य नीति निर्माणका लागि २ दिने अन्तरकृया कार्यक्रम सम्पन्न

Next Post

पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

RadioRoshi

RadioRoshi

Related Posts

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
Next Post
पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

पार्थली सल्लाफेद कालोपत्रेको निरीक्षणमा अध्यक्ष अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामराबाट त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी चल्दै

पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामराबाट त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी चल्दै

शनिबार, असार २९, २०८१
होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीको अनुरोध

होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीको अनुरोध

शनिबार, फाल्गुन २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.