काभ्रे,
रोशी गाउँपालिकाको सहयोगमा टाशी चुक्लाखाङ गुम्बाअध्ययन केन्द्रको आयोजना तथा हिमालय बौद्ध शिक्षा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको समन्वयमा छेवाङ (आयु अभिषेक), शरण गमणको शिलको साथै ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । रोशी ११ कालोढुंगा, डम्फूपार्कमा परम पावन धर्मगुरु टुल्कु लोसाङ नाम्ययाल रिन्पोछेको बाहुल्यमा उक्त कार्यक्रम भएको हो । बौैद्ध धर्मका अनुयायी एवं उपस्थित अन्य भक्तजनहरुले लामा धर्मगुरु रेन्पोछेहरु द्धारा वाङ ग्रहण गर्ने कार्यक्रम पनि समापन भएको समाज सेवी तथा बौद्ध धर्मका अनुयायी शङ्ख बुद्ध लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा, प्रवक्ता वसन्तकुमार तामाङ, वडा नं ११ अध्यक्ष लालकुमार पाख्रिन, गायक तथा बौद्ध धर्म प्रेमी चन्द्र कुमार दोङ लगायत समाजसेवी, बौद्ध धर्म प्रेमी तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।