रोशी सहकर्मी–जेठ १७,
२०७७,काठमाण्डौ/

एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गर्दा एक युवालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । पत्राउ उर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ छन् ।

उनलाई प्रहरीले गएराति एटिम फुटाउँदै गरेको अबस्थामा पक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एनआइसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोली त्यहाँ पुगेको थियो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रुड्राइभर, डण्डी, फुटाएको एटिएम मेसिनको बाहिरी कभरलगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरिने गिरीले जानकारी दिए ।

Facebook Comments