काभ्रे,
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका गएराति अनौठो घटना घटेको छ । वडा नम्बर ६ सिपाघाट स्थित अधेँरीमा गएराति एक बृद्धाको हात खुट्टा बाँधेर विष खुवाइएको अवस्थामा बृद्धा फेला परेका छन् । घरमा एक्लै रहनुभएका श्रीराम ढकाललाई मौका छोपि अपरिचित ब्यक्तिहरुले हात खुट्टा बाँधेर विष खुवाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । वृद्धालाई थप उपचारका लागि काठमाण्डौ स्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । अहिले उँहाको अवस्था गम्भीर रहेकोे बताइएको छ । प्रहरीले विष कसले खुवायो भन्ने बारेमा खोज र अनुसन्धान थालेको छ ।
प्रहरी पुग्दा वृद्धालाई छिमेकीले अस्पताल लैजाने तयारी गरिसकेका थिए । प्रहरीले घटना स्थलबाट विषको बोतल बरामद गरेको छ ।