Tuesday, July 1, 2025
Date
बुध, असार १८, २०८२
Wed, July 2, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ १७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लामा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अस्वस्थकर खानपान, शहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मरिदजान्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले बताउनुभयो । पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये उच्च रक्तचाप पहिलो सूचिमा परेको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका अनुसार एक वर्षको अवधिमा काभ्रेमा उच्च रक्तचापका १४ हजार ४२० बिरामीको उपचार भएको छ । उहाँले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्क अनुसार जिल्लामा नसर्ने रोगहरुमध्ये उच्च रक्तचाप रोगका बिरामीको सङ्ख्या बढी रहेको बताउनुभयो । उहाँले दोस्रो सूचिमा दिर्घ स्वासप्रश्वासका बिरामी रहेका छन् । पछिल्लो एक वर्षमा जिल्ला दिर्घ स्वासप्रश्वासका छ हजार ७९१ जना बिरामीको उपचार भएको छ । यसैगरि नसर्ने रोग अन्र्तगतको अन्य मुटु रोगसँग सम्बन्धितका पाँच हजार ८० बिरामी, मधुमेहका दुई हजार ६५९ जना बिरामी, एन्जाइटि (चिन्ता÷डर) का एक हजार २२२, डिप्रेशन (दिग्दारी) का ७९६, दिर्घ मादक पदार्थ÷ड्रग्स सेवनका ५७३ बिरामीको उपचार भएको छ । यसैगरि जिल्लामा मुटुको बाथ रोगका ४१० जना, मानसिक रोगसँग सम्बन्धित न्यूरोसिसका २७७ जना, मानसिक असन्तुलनका २६६ जना, कडा खालको मानसिक रोगका २१३ जनाको उपचार भएको छ ।
सेढाईका अनुसार एक वर्षको अवधिमा जिल्लामा मुटु सम्बन्धीका विभिन्न रोगका २६ हजार २५७ जना र मानसिक रोगसँग सम्बन्धित विभिन्न रोगका तीन हजार ९८३ बिरामीको उपचार भएको छ । उहाँले जिल्लाका सञ्चालित विभिन्न अस्पताल तथा नीजि स्वास्थ्य संस्थामा उपचार गरेका सबै बिरामीको तथ्याङ्क स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट नभएको हुन सक्ने भएकोले जिल्ला बाहिर तथा जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या प्रणालीमा नआएको हुन सक्ने बताउनुभयो । उहाँले नसर्ने रोगका बिरामीमा हालसम्म पनि मुटु रोगसँग सम्बन्धित बिरामीलाई हेरेर नसर्ने रोग अन्र्तगत मुटु रोगका बिरामी बढेको बताइएपनि पछिल्लो समय जिल्लामा मानसिक रोगीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको बताउनुभएको छ ।

You might also like

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

Previous Post

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६÷६ रुपैयाँले बढ्यो

Next Post

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

RadioRoshi

RadioRoshi

Related Posts

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

by RadioRoshi
आइतवार, असार १५, २०८२
Next Post
काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेल एमाले नगर कमिटी सदस्य ब्याञ्जु सहित दर्जन युवाहरु नेपाली कांग्रेसमा प्रवेश

धुलिखेल एमाले नगर कमिटी सदस्य ब्याञ्जु सहित दर्जन युवाहरु नेपाली कांग्रेसमा प्रवेश

मङ्लबार, कार्तिक २९, २०७९
पलाञ्चोक भगवती मन्दिरको दान पेटी चोरी

पलाञ्चोक भगवती मन्दिरको दान पेटी चोरी

बिहिबार, कार्तिक १७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

आइतवार, असार १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.