रोशी सहकर्मी–माघ २६,
२०७६,काभ्रे/

नेपाली काँगे्रसका उपसभापति विमलेन्द्र निधिले ललिता निवास जग्गा प्रकरण विजय गच्छदारलाई पूर्वग्राही रुपमा फसाएको बताएका छन् । आज बनेपामा नेपाल आदिबासी जनजाती संघ काभे्रले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा सरकारले बहुमतका नाममा काँग्रेसलाई फसाउँदै गएको बताए ।
उनले उक्त निर्माण सच्याउन सरकारलाई आग्रह गरेका छन् । हामी सदन र सडकमा आन्दोलन गरिरहेका छौ । सरकारले काँगे्रसका केन्द्रीय, जिल्ला, क्षेत्र देखी स्थानीय तहसम्मका नेता कार्यकर्तालाई झुटो मुद्धा लगाएर फसाउन खोजेको बताए ।
उनले मुलुकमा समावेशीता र समानुपातिक पद्धती नेपाली काँगे्रसले शुरुवात गरेकाले यसमा सबैले गर्व गर्न सक्नुपर्ने बताए । उनले संविधान नै निर्माण नहुँदै काग्रेसले समावेशीता र समानुपातीक पद्धती सुरुवात गरेको बताए ।
कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्यद्धय बहादुरसिंह तामाङ र शिवप्रसाद हुमागाईले सरकारले बहुमतको दम्भ देखाएकाले सानो सानो कुरामा पार्टी अल्झन नहुने सुझाव राखेका छन् । सोही क्रममा नेपाल आदिवासी जनजाती संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङ्गले गुटबाट मुक्त काँगे्रस हुनुपर्ने बताए । जिल्ला सभापति मधुप्रसाद आचार्य, काँगे्रस नेता तीर्थ बहादुर पसखल, इन्द्रमणि अधिकारी, सचिव दिनेश लामा, प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति तीर्थ लामा, नेपाल आदिबासी जनजाती काभे्र अध्यक्ष रोशन लामा, सचिव लक्ष्मी दनुवार लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

Facebook Comments