रोशी सहकर्मी–माघ २६,
२०७६,काभ्रे/

काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर १ रयालेलाई बालमैत्री घोषणा गरिएको छ । हिजो (शनिबार ) एक कार्यक्रम आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । यो सँगै नगरपालिकामा बाल मैत्री घोषणा हुने वडाको संख्या चार पुगेको छ । काभ्रे जिल्लामै पनौती नगरपालिकाको वडा नम्बर १२ लाई पहिलो बाल मैत्री शासन वडा घोषणा गरिएको थियो ।
पनौती नगरपालिकाको वडा २ र ३ पनि बालमैत्री घोषणा भइसकेका छन् । जिल्लामा धुलिखेल नगरपालिकाको वडा नम्बर १२ पनि बालमैत्री वडा हो । स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय निकाय घोषणा २०७० निर्दिष्ट गरेका सुचक पूरा गरेपछि वडालाई बाल मैत्री घोषणा गरिएको बाल मैत्री स्थानीय शासन प्रचार प्रसार समितिले जनाएको छ ।

Facebook Comments