काभ्रे,
ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर १ चौघरे, लथान डाँडामा दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर १ को आर्थिक सहयोग र विश्व स्वतन्त्र क्योकुशिन संघ (डब्लु.आई.के.ओ.) को आयोजनामा प्रतियोगिता सन्चालन गरिएको थियो । प्रतियोगितामा ललितपुर, काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंका खेलाडी सहभागि थिए । विभिन्न ७ वटा ईभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा पुरुष ३५ के.जी. मूनी तौल समुह तर्फ प्रनिश स्याङतान तामाङ प्रथम, दिबेक तामाङ दोस्रो, बुविन घ्याबा तामाङ र मनिश तामाङ तेस्रो भएका छन् । पुरुष ४० के.जी. तौल मूनी समुह तर्फ अबिराज लामा तामाङ प्रथम, प्रमित सुनुवार दोस्रो, राजु स्याङ्तान तामाङ र श्री कृष्ण खड्का तेस्रो भएका छन् ।
पुरुष ४० के.जी. तौल मूनी समुह तर्फ अबिराज लामा तामाङ प्रथम, प्रमित सुनुवार दोस्रो, राजु स्याङ्तान तामाङ र श्री कृष्ण खड्का तेस्रो भएका छन् ।
पुरुष ४५ के.जी. मूनी तौल समुहमा रोशन घ्लान तामाङ प्रथम, रोमन तामाङ दोस्रो, प्रकाश तामाङ र प्रशान्त स्याङतान तेस्रो भएका छन् ।
पुरुष ५० के.जी. मूनी तौलस मुहमा लक्ष्मण घ्लान तामाङ प्रथम, पवन वि.क दोस्रो, सुबोध पुरी र सुमन स्याङतान तामाङ तेस्रो भएका छन् ।
महिला ५० के.जी. मूनी तौल सूमहमा सबिता मिजार प्रथम, सोनिया थिङ तामाङ दोस्रो, अनिशा घ्लान तामाङ र आशा स्याङतान तामाङ तेस्रो भएका छन् ।
महिला खुल्ला तौल समुह तर्फ रुविना श्रेष्ठ प्रथम, रोशनी तामाङ दोस्रो, सलिना तामाङ र पुर्णिमा तामाङ तेस्रो भएका छन् । काता तर्फ सरोज थिङ तामाङ प्रथम, नविन राई दोस्रो, पुजना श्रेष्ठ र अर्जुन स्याङतान तेस्रो भएका छन् ।
वान भर्सेस वान प्रतियोगिताको ५५ के. जी. मुनि तौल समुहमा नितेश तामाङ प्रथम र पासाङ तामाङ दोस्रो भएका छन् त्यस्तै वन भर्सेस वन प्रतियोगिताकै ६० के. जी.तौल मूनि समुहमा रम्तेन लामा तामाङ प्रथम र अनिल स्याङतान तामाङ दोस्रो हुनुभएको छ ।
विजेता खेलाडीहरुलाई वडा नम्बर १ का वडा अध्यक्ष सन्तलाल लामा, डब्लु.आई.के.ओ. का नेपाल ब्रान्ज चिफ दिल दोर्जे लामा, डब्लु.आई.के.ओ. कोन्ज्योसोम ब्रान्जका प्रमुख जोक बहादुर थिङ लगायतले बिजेता खेलाडिहरुलाई मेलड, प्रमाणपत्र र ट्रफि वितरण गरेका थिए ।













