काभ्रे,
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) को टोलीले बजार अनुगमन गरेको छ । उपाध्यक्ष तामाङको टोलीले हिजो सोमबार होटेल, पसल, मेडिकल तथा साना उद्योगहरु अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा गाउँपालिकामा दर्ता नभएका ब्यवसाय र अखाद्य वस्तु फेला परेका पसल, ब्यवसायलाई जतिसक्दो छिटो दर्ता गर्न र म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण नगर्न सचेत गराइएको उपाध्यक्ष तामाङले बताउनुभयो ।