रोशी सहकर्मी–भदौ १०,
२०७७,सिन्धुली/

सिन्धुलमा ६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिकाका १४ र १६ बर्षका बालक रहेका छन् । घटनामा संलग्न पनि बालक नै भएको भन्दै प्रहरीले नाम भने गोप्य राखेको छ ।

घरमा कोहि नभएको मौका छोपी बालिकालाई एकान्तस्थलमा लगेर बलात्कार गरेको अभियोगमा बालकलाई पक्राउ गरिएकोे ईलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित दुई जना बालकलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाईएको छ । दुई जना बालकले बालिकालाई बलात्कार गरेको स्विकारेका छन् ।

Facebook Comments Box