काभ्रे,
आज ११ औँ नेपाली टोपी दिवस मनाइँदै छ । ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने मूल नाराको साथ आज दिवस मनाइन लागेको हो । जागरूक युवा अभियान नेपालले हरेक अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ । आज बिहान ८ बजेदेखि वसन्तपुरमा भेला भएर औपचारिक कार्यक्रम गरिँदै छ ।
सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।